राप्तीमा छाडियो पाँच वर्ष उमेरका १ सय गोही

चितवन: राप्ती नदीमा १ सय गोही छाडिएको छ। सय गोही छाडिएसँगै राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७ सय ८५ पुगेको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० गोही छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको छ । प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन्। यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन्। निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १२:४९