नेपालमा एकैदिन १५ जना कोरोना संक्रमितको मृत्‍यु, थप ८ हजार १७ जनामा संक्रमण

काठमाडौं –  नेपालमा एकै दिन १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


प्रकाशित | १३ माघ २०७८, बिहीबार १६:३७