काठमाडौं – नक्कली मह बनाएर बचेको अभियोगमा प्रहरीले नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई नक्कली मह बनाउने क्रममा कच्चा पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको ज्याठाबाट प्रहरीले करिब ७ हजार लिटर नक्कली महसहित पक्राउ गरेको जनाएको छ । ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गर्ने गरेको आरोपसहित महानगरीय प्रहरी अपराध महाशाखाले श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको खुलेको छ ।उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का श्रेष्ठले आफू र श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ कम्पनी सन्चालन गरी गुणस्तरहीन मह बनाई विक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।
उनले स्पर्स हनी नामको लेबल टाँसेर विक्री वितरण गर्ने गरेको र सो ब्राण्ड दर्ता समेत नभएको प्रहरीको भनाइ छ । प्रहरीले उक्त कम्पनीले वितरण गरेका मह सेवन नगर्न र तत्काल खबर गर्न समेत आग्रह गरेको छ ।
प्रकाशित | ७ माघ २०७८, शुक्रबार १४:३४