सार्रीलाई ८ हजार पाउन्ड जरिवाना !

एजेन्सी : लन्डन क्लब चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीलाई फुटबल एसोसिएसन एफएले ८ हजार पाउन्ड जरिवाना सुनाएको छ । प्रिमियर लिग अन्तरगत बर्नलीविरुद्धको खेलमा गलत व्यवहार गरेपछि उनलाई रेफ्रीले टर्च लाइनबाट बाहिर पठाएका थिए । त्यसपछिको थप अनुसन्धानले उनले गलत ब्यवहार गरेको पुष्टि भएसँगै एफएले जरिवाना सुनाएको हो । गत सोमबार राति भएको खेलको इन्ज्युरी समयमा उनले रेफ्रीमाथि गलत व्यवहार गरेका थिए । खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १३:०९