काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ ।

अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेको छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा साहले २० हजार भन्दा बढी मतको अग्रता लिनु भएको छ । साहले ५५ हजार ७ सय ४७ मत प्राप्त गर्नु भएको छ ।

गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३ सय ७१ र एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय २६ मत पाउनु भएको छ ।

यस्तै उपमेयरमा सुनिता डंगोलले ६० हजार ६ सय ७५ मत प्राप्त गर्नु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाउनु भएको छ ।


प्रकाशित | ११ जेष्ठ २०७९, बुधबार १३:३१