एनआरएनए कोरियाको अधिवेशन तयारी तीब्र, निर्वाचन १८ तारिखमा हुने

सियोल। गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाले अधिवेशनको तयारी तीब्र पारेको छ । एनआरएनए एनसिसी कोरियाको यही जुलाई ४ तारिखमा हुन गइरहेको ९ औं अधिवेशनको तयारी तीब्र पारिएको हो । एनआरएनए एनसिसी कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले अधिवेशनको तयारी तीब्र पारिएको बताउनु भयो । अन्य एनसिसीहरुले पहिला निर्वाचन सम्पन्न गर्दै अधिवेशन गरिरहँदा कोरियाले भने पहिला अधिवेशन सम्पन्न गरेर मात्र निर्वाचन गर्न लागेको हो ।

अध्यक्ष सुवेदीले अधिवेशनले वर्तमान कार्यसमितिको सम्पूर्ण प्रतिवेदन पारित गर्दै आगामी दुई वर्षे कार्यसमितिको सम्पूर्ण निित तथा कार्यक्रमका साथै बजेट समेत पारित गर्ने बताउनु भयो । एनआरएनए कोरियाले अधिवेशन सम्पन्न गरेसँगै जुलाई ५ र ६ तारिखमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखेको छ । त्यस्तै, जुलाई १८ मा निर्वाचन गर्ने कार्यक्रम छ ।

एनआरएनए कोरियामा निर्वाचनको लागि २ हजार ७६८ जनाले सदस्यताको लागि अनलाइन आवेदन दिएका छन् । एनआरएनए कोरयाले तोकेको अन्तिम समयसम्म २ हजार ७६८ जनाले आवेदन दिएका हुन ।

एनसिसी कोरियाका अध्यक्ष सुवेदीका अनुसार सदस्यताको लागि आवेदन दिएकामध्ये हालसम्म १ हजार १७१ जनाको प्रमाणीकरण भइसकेको छ । बाँकिको प्रमाणीकरण ३ तारिखभित्र सम्पन्न गरिनेछ । साथै १ हजार ८०७ जनाको आवेदन डाफ्रटमा छ ।

त्यस्तै, एनसिसी कोरियाले डाफ्ट र पेन्डिगंमा रहेका आवेदकलाई ३ तारिखसम्म सेल्फ पेमेन्ट गरि (स्पोन्सर्डबाट स्वीकृत नभएकाको हकमा मात्र) वा ईमेलमा पठाईएको सुचना अनुसार आवश्यक संशोधन गर्न अन्तिम पटक सूचना जारी गरेको छ ।

एनआरएनए कोरियामा गत वर्ष पनि कोरियामा २ हजार ७ सय जनाको आवेदन परेकोमा सबैको प्रमाणीकरण भएको थियो भने निर्वाचनमा १ हजार ८ सय जना सहभागि बनेका थिए । यो पटक पनि सोही हाराहारीमा सदस्यको अन्तिम प्रमाणीकरण हुने देखिएको छ ।

 


प्रकाशित | १७ असार २०७८, बिहीबार १२:४१