एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा इन्दीरा त्रिपाठीको उम्मेदवारी दर्ता

न्युयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा इन्दीरा त्रिपाठीको उम्मेदवारी दर्ता गराउनुभएको छ । त्रिपाठीले समाजसेवी उपेन्द्र सापकोटाको प्रस्तावक र सामाजिक अभियान्ता नेत्र प्रसाद मैनालीको समर्थनमा त्रिपाठीले उम्मेदवारी दर्ता गरानुभएको हो । उम्मेदवारी दर्तासँगै त्रिपाठीले सबैमा अपिल गर्दै सहयोगको लागि आग्रह गर्नुभएको छ । त्रिपाठीको बिज्ञप्ति जस्ताको तस्तै;

अमेरिकावासी आदरणीय एनआरएनको आजीवन , साधारण र अन्य सदस्य महानुभावज्यूहरुमा नमस्कार !

नयाँ बर्ष २०७६ सालको मंगलमय शुभकामना सहित एनआरएन अमेरिकाको निर्वाचनको माहौलमा मैले आफ्नो उम्मेदवारी वरिष्ठ उपाध्यक्ष पदमा दाखिला गरेको यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु ।

वरिष्ठ उपाध्यक्ष पदमा मेरो उम्मेदवारीको प्रस्ताव गर्नुहुने समाजसेबी मित्र उपेन्द्र सापकोटा र समर्थन गर्नुहुने सामाजिक अभियान्ता नेत्र प्रसाद मैनालीलाई धरै धन्यवाद गर्दै मेरो यो उम्मेदवारीको लागि निकै सहज वातावरण गराउनु हुने। सहयोगीहरुप्रति निकै आभारी छु ।

हाल वर्तमान कार्यसमितीको महिला संयोजक भई बिभिन्न समितिमा रहेर सक्रिय रुपले काम गरेको यहा समक्ष छर्लंग छ र समयको कमीले केहि काम अझै गर्न इच्छुक रहेकोले यहांहरुलाई जानकारी गराउन चाहन्छु र एनआरएन अमेरिका हाम्रो राम्रो र एक पटकको नेपाली संधैको लागी नारा लिएर यस सम्बब्धि आइपर्ने कामहरु निरन्तर गर्न प्रयास गर्ने छु ।

बिगतमा यहाँहरुले महिला संयोजक पदमा मलाई जिताउन सहयोग गर्नुभएकोले फेरी पनि पून सहयोग, साथ अमुल्य मतको अपेक्षा गर्दछु ।

धन्यवाद

जय एनआरएन

इन्दीरा त्रिपाठी

महिला संयोजक एवम वरिष्ठ उपाध्यक्ष प्रत्यासी (२०१९-  २०२१)
गैर आवासीय नेपाली संघ, अमेरिका


प्रकाशित | ७ बैशाख २०७६, शनिबार ०७:५७