एनआरएनए जापानका पूर्व अध्यक्ष ओम गुरुङले गरे केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानका पूर्व अध्यक्ष ओम गुरुङले आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

विगत दुई दशकदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आउनु भएको गुरुङ संस्थामा काम गरेको अनुभवी ब्यक्तीको रुपमा परिचीत हुनुहुन्छ । नेपालको पर्वतमा जन्मिए पनि स्याङ्जामा हुर्किनु भएका गुरुङ हाल नेपालको चितवनबासी हुनुहुन्छ ।

गुरुङसँग एनआरएनए अभियानमा बसेर काम गरेको लामो अनुभव छ। सन् २००८ देखि नै उहाँ एनआरएनए अभियानमा सक्रिय हुनुहुन्छ । उहाँले त्यो बेला एनसीसी जापानको उपाध्यक्षको जिम्मेवारी समाल्नु भएको थियो ।

त्यसपछि निरन्तर सक्रिय रहँदै आउनु भएको गुरुङ २०११–०१३ मा एनसिसी जापानको अध्यक्ष भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भयो । त्यसपछि २०१३ देखि २०१९ तीन कार्यकालसम्म एनआरएनए आइसीसीको सदस्यको भूमीकामा रही काम गरिसक्नु भएको छ ।

एनआरएनए जापानको संरक्षक समेत रहनु भएको उहाँले तमुधी जापानको सल्लाहकार, चितवन समाज जापानको सल्लाहकार, पर्वत समाज जापानको सल्लाहकार, पर्वत समाज जापान एवं अन्तर्राष्ट्रिय पर्वत समाज उप–संयोजक भएर काम गरिसक्नु भएको छ ।

अहिलेसम्म गरेको गरेको काम र हासिल गरेको अनुभवको आधारमा अग्रजहरुको सरसल्लाहमा सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको उहाँले बताउनु भयो ।


प्रकाशित | १६ भाद्र २०७८, बुधबार ११:३७