नेपालमा थप २ हजार ४९ जना कोरोना संक्रमित फेला

काठमाडौँ । नेपालमा कोरोनाभाइरसका दुई हजार ४९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ४३८ को आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा दुई हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १० हजार ५२१ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार १४७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा पाँच लाख ३६ हजार २५२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८७.८ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा आठ हजार ४६५ जनाले ज्यान गुमाएका छन् ।


प्रकाशित | ३१ जेष्ठ २०७८, सोमबार १९:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *