क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको सुखद सुरुवात

एजेन्सी । इंग्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् । त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केहि गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न नसक्दा क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ ।


यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । विश्वकप उपविजेता समेत रहेको क्रोएसिया समूहको पुछारमा रहेको छ ।


प्रकाशित | ३० जेष्ठ २०७८, आईतवार २१:०३