मिस दक्षिण अफ्रिका बनिन् २०१९ को मिस युनिभर्स

एजेन्सी : एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकी छन् । एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले ९० भन्दा बढी प्रतियोगीलाई हराउँदै मिस युनिभर्स बनेकी हुन् ।

२६ वर्षीया जोजिबीनीले महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा मिस युनिभर्सको ताज जितेकी हुन् । तुन्जीले आफ्नो समापन भाषणमा भनेकी थिइन्(‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन ।

मलाई लाग्छ, ‘अब यस्तो समय रोकिएको छ ।’ सन् २०१८ की मिस युनिभर्स फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् ।


प्रकाशित | २३ मंसिर २०७६, सोमबार १७:१५