युरोकप फुटबलमा आज तीन खेल हुँदै, कुन–कुन टिम भिड्दैछन् ?

काठमाडौँ । युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ ।
आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः४५ बजे हुनेछ ।

यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९ः४५ बजे हुनेछ । आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । समूह ‘सी’ को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।


प्रकाशित | ३० जेष्ठ २०७८, आईतवार ०८:३२