सभामुख सापकोटा र शीर्ष नेताहरुबीच छलफल सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेताको सहभागिता रहेको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भने अनलाइन माध्यमबाट सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा पठाए पनि उहाँ सहभागी हुनु भएको छैन ।


प्रकाशित | २८ जेष्ठ २०७८, शुक्रबार १४:५८