गेल र रसेलसहित वेस्ट इन्डिजको टोली घोषणा

एजेन्सी : आगामी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि वेस्ट इन्डिजले आफ्नो टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले बुधबार राती १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा गरेको टोलीमा विष्फोटक ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले टोलीमा स्थान बनाउदा सुनिल नारायण र काइरान पोलार्डले स्थान बनाउन सकेनन् । विश्वकपमा जोसन होल्डरले वेस्ट इन्डिजको कप्तानी गर्ने छन् । वेस्ट इन्डिजले मे ३१ मा पाकिस्तानसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ ।

वेस्ट इन्डिजको १५ सदस्य टोली :

१.जोसन होल्डर(कप्तान)
२.क्रिस गेल
३.आन्द्रे रसेल
४. शिल्डन कोटरेल

५.शैनन गेब्रियल
६.किमर रोच
७.निकोलस पुरन
८.एशले नर्श
९.फबिन एलीन
१०.शिम्ररोन हिटमायर
११.शाई होप
१२.ओशन थोमस
१३.कार्लोस बर्थवेट
१४.डरेन ब्राभो
१५.इभिन लुईस


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १४:०४