सबैको भावना समेट्दै बलियो एनसिसी बनाउन लागिपर्नेछु: नवनिर्वाचित अध्यक्ष सुवेदी

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदीले संस्थालाई बलियो एनसिसी बनाउन लागिपर्ने बताउनु भएको छ । आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्षमा निर्वाचीत भएसँगै सुवेदीले सबैको भावना समेट्र्दे बलियो एनसिसी बनाउन लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ।

सामाजिक सेवामुखी संस्थाको लागि निर्वाचन भनेको केवल संस्थालाई कार्यकारी भूमिका दिने कार्यसमितिको चयन गर्ने एउटा प्रजातान्त्रिक परिपाटी मात्र भएको बताउँदै यसलाई आफूले एउटा स्वभाविक प्रक्रियाको रुपमा लिएको बताउनु भयो । मतदान प्रक्रियामार्फत लोकतान्त्रिक विधिवाट नेतृत्व चुन्ने र चुनिने प्रणालीमा जादा केही मतको अन्तरले फरक खालको जिम्मेवारी प्राप्त हुने मात्र भएको र आफूले यसलाई त्यही रुपमा ग्रहण गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘निर्वाचन अघि निश्चित रुपमा उम्मेद्वारहरु एक आपसमा अलग जस्ता थियौं तर त्यो भनेको केवल मतगणना हुनु अघि सम्म मात्र हो । अव हामी सबै एक ठाउमा उभिएर संघको हितका निम्ति आ-आफ्नो क्षेत्रवाट पहलकदमी गर्ने र एक आपसमा सहकार्य बढाउनु आवश्यक छ ।’ सबैको साझा पहल, योगदान र सहकार्यको जगमा आम गैर आवासीय नेपाली संघ, अमेरिकालाई एउटा बलियो एनसिसी बनाउनका निम्ति म दृढतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु, नवनिर्वाचित अध्यक्ष सुवेदीले भन्नुभयो ।

एनआरएनए अभियानमा सबै समाहित भई संघलाई बलियो बनाउनका लागि हातेमालो गर्न जरुरी रहेको उहाँले बताउनु भयो । नेतृत्वमा आइरहदा सबैलाई समेटेर एनआरएनए अमेरिकालाई अगाडि बढाउन आफूले हर सम्भव प्रयास गर्ने बताउनु भयो । उहाँले सबैलाई एनआरएनए अमेरिकाको छाता भित्र गोलबन्द भई अमेरिकाबासी आम गैर आवासीय नेपालीको निम्ति बढी भन्दा बढी संघमार्फत योगदान गर्न पनि आह्वान गर्नु भयो ।

एनआरएनए अभियानमा अगाडि बढिरहेका सबैका लागि एनआरएनए अमेरिकाको ढोका सदैव खुल्ला रहेने बताउँदै अभियानमा कसैले हार्ने वा जित्ने भन्ने नहुने बताउनु भयो । सुवेदीले अध्यक्ष पदको प्रत्याशीको रुपमा अमेरिकाको विभिन्न राज्य तथा शहरमा पुग्दा मतदाता एवं समस्त गैर आवासीय नेपालीहरुसँग अन्तरक्रियाका लागि जाँदा उहाँहरुले व्यक्त गर्नुभएका सुझावलाई शिरोधार्य गर्ने बताउनु भयो ।

उहाँले थप्दै भन्नु भएको छ, ‘तपाईहरुसगै रहेर मैले संघलाई नेतृत्व दिने पनि प्रतिवद्धता व्यक्त गर्दछु । म अध्यक्ष पदको लागि उठ्दा के हुन्छ भन्ने प्रारम्भिक छलफलको समयदेखि लिएर मतदानको दिन अनि मतपरिणाम आउदासम्मको अवधिमा मलाई साथ,सहयोग, समर्थन र हौसला प्रदान गर्नुहुने सबै सम्मानित व्यक्तित्वहरुमा आभार प्रकट गर्दछु ।’

त्यस्तै, निवार्चनमा जादा मतको हिसाबले आफूले चाहेको पदीय भूमिका प्राप्त हुन नसकेका अभियन्ता साथीहरुलाई पनि एनआरएनए अभियानमा जोड्दैं उहाँहरुको चाहना बमोजिमको भूमिका उहाँहरुलाई दिने वातावरण निर्माणमा लागिपर्ने बताउनु भयो ।

त्यस्तैगरि, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्सगको आवश्यक समन्वयमा अमेरिकाका रहेका अन्य सामाजिक संघ संस्थाहरुलाई समेत समेटेर एनआरएनए अमेरिकालाई एउटा उचाईमा पुऱ्याउन योगदान गर्ने बताउनु भयो । अध्यक्ष सुवेदीले निर्वाचनमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन समेत गर्नु भएको छ ।


प्रकाशित | १८ जेष्ठ २०७८, मंगलवार ०९:४८