एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनु भएको छ । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत पाउनु भयो भने डा अर्जुन बञ्जाडेले ४ हजार १४८ र तिलक केसीले ५६७ मत पाउनु भयो । सुवेदीले कुल मतको ३६ प्रतिशत पाउनु भयो ।

कुल २० हजार १३८ मतदाता रहेकोमा अमेरिकामा १५ हजार ७६८ मत खसेको थियो । निर्वाचनमा ७८ दशमलव ३२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त विश्व बरालले जानकारी दिनु भयो । अनलाईन भोटिगं मार्फत भएको निर्वाचन आइतबार राती १२ बजे सम्पन्न भएको थियो ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्तले विजय हासिल गर्नु भएको छ । पन्थले ६ हजार ८ सय ५० मत ल्याई बिजयी हुनु भयो । उहाँको निकटम प्रतिद्धन्द्धी बीआर लामाले ५ हजार ५६३ मत पाउनु भयो ।

महासचिवमा अन्जनकुमार चौलागाइँले ६ हजार ३ सय १२ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गर्नु भयो ।

निर्वाचनमा एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामा पर्यवेक्षकको रुपमा सहभागि हुनुहुन्थ्यो भने आइसिसीको तर्फबाट प्रतिनिधिको रुपमा कमल सत्याल सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | १७ जेष्ठ २०७८, सोमबार ११:१४