विद्यालय तहका कर्मचारीको न्यूनतम तलब १५ हजार

काठमाडौँ । सरकारले विद्यालय तहको न्यूनतम तलब १५ हजार तोकेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय तहका कर्मचारीलाई सरकाले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक तलब उपलब्ध गराउने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्‍याइने जानकारी दिनु भयो। सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १८:१८