एनआरएनए अमेरिकामा आज निर्वाचन, चार जना उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा

न्यूर्योक। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन आज (शनिबार) र भोलि (आइतबार) हुँदैछ । निर्वाचनको अन्तिम संघारमा पुगेको एनआरएनए अमेरिकामा यतिखेर उम्मेदवारहरुको लागि मौन अवधि जारी छ । एनसिसी अमेरिकाको निर्वाचन रोक्न माग गर्दै अदालतमा उजूरी परे पनि अदालतले संघको पक्षमा फैसला गरेको छ । मतदानको कार्यक्रम रोक्नुपर्ने कुनै कारण नभएको भन्दै अदालतले माग दावीलाई खारेज गरिदिएको हो । अदालतले निर्वाचन रोक्न कुनै आदेश नगरेपछि पूर्व निर्धारित मितिमै निर्वाचन हुँदैछ ।

विश्वभरि रहेका एनसिसी मध्ये पञ्जीकृत सदस्यताको आधारमा सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद् बनेको अमेरिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । निर्वाचन संयोजक विश्व बरालका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको हो । निर्वाचन बिहान ८ बजेदेखि शूरु हुनेछ । आइसिसी सदस्य र च्याप्टरको समेत चुनाव हुनेछ । निर्वाचनको सम्पूर्ण पर्यवेक्षण आइसिसीबाट उपाध्यक्ष सोनाम लामाले गर्नुहुनेछ । उपाध्यक्ष लामा न्यूर्योकमै हुनुहुन्छ ।

यो पटक अमेरिकामा २० हजार १३९ जना कुल मतदाता छन् । अमेरिकामा नेतृत्वका लागि चार जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । अध्यक्षका लागि हाल वरिष्ठ उपाध्यक्ष रहेका डा. अर्जुन बञ्जाडे, उपाध्यक्ष रहेका बुद्धि सुवेदी, पूर्व बोर्ड अफ डाईरेक्टर कृष्ण लामिछाने र हाल बोर्ड अफ डाईरेक्टर तिलक केसी नेतृत्वको लागि चुनावी मौदानमा हुनुहुन्छ ।

आफना चुनावी प्रचार अभियान तीब्र बनाएका चारै जना उम्मेदवारहरुले आ-आफनो जितको दावी प्रस्तुत गरिरहेका छन् । अमेरिकाका अधिकांश राज्यमा पुगेर उनीहरुले चुनावी प्रचार, भेटघाट, अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेका छन् । विशेष गरि प्यानलनै बनाएर अगाडि बढेका उनीहरुले आ-आफना दावी प्रस्तुत गरिरहेका हुन् ।

कुल २० हजार १३९ सदस्य रहेको अमेरिकामा १२ हजारको हाराहारीमा विभिन्न समूहले सदस्य बनाएका मतदाता छन् भने बाँकि मतदाता तटस्थ छन् । यसपाली समूहको मतभन्दा तटस्थ मत निर्णयक बन्ने देखिएको छ ।

यस पटक एनआरएनए अमेरिकाको चुनावमा नेतृत्वका लागि कडा टक्कर हुने देखिएको छ । डा. अर्जुन बञ्जाडे, बुद्धि सुवेदी र कृष्ण लामिछाने मुख्य प्रतिस्पर्धाका रुपमा देखिनु भएको छ । बञ्जाडेले खासै प्यानल बनाउनु भएको छैन । उपाध्यक्ष रहनु भएका सुवेदी र लामिछाने समूहले भने पूरै प्यानल नै बनाएर चुनावी अभियानमा होमिनु भएको छ । अर्का उम्मेदवार तिलक केसीले पनि खासै प्यानल बनाउनु भएको छैन् ।

कुल २० हजार १३९ सदस्य रहेको अमेरिकामा १२ हजारको हाराहारीमा विभिन्न समूहले सदस्य बनाएका मतदाता छन् भने बाँकि मतदाता तटस्थ छन् । यसपाली समूहको मतभन्दा तटस्थ मत निर्णयक बन्ने देखिएको छ । तटस्त मतमा विशेष गरि डा बञ्जाडे र लामिछाने समूहले धेरै मतको अपेक्षा गरेको छ । डा बञ्जाडेले आफू वरिष्ठ उपाध्यक्ष भएको, बौद्धिक ब्यक्तीत्व पनि भएकाले अमेरिका सुहाउँदो नेतृत्व छान्ने विश्वास ब्यक्त गर्दै तटस्थ मतको धेरै अपेक्षा गरेको देखिन्छ । उता लामिछानेले पनि अमेरिकी नेपाली समुदायमा धेरै योगदान पुर्याएको र सबैको मन जितेकाले आफूले तटस्थ मत पाउने विश्वास ब्यक्त गर्नु भएको छ । उता सुवेदी भने आफनो पक्षमा अत्याधिक मत रहेको दावी गर्नुहुुन्छ । त्यसो त केसी प्रतिस्पर्धामा आउने नदेखिए पनि सन्तोषजनक मत पाउनेमा भने ढुक्क हुनुहन्छ । डा. बञ्जाडेलाई नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्ट टिमको समर्थन छ । साथै वर्तमान अध्यक्ष सुनिल साह, महासचिव पशुपति पाण्डे, अमेरिकाज् क्षेत्रका क्षेत्रीय उपसंयोजक रामसी पोखरेल, आइसिसी सदस्य शंकर खडका लगायतको भित्री समर्थन छ ।

त्यस्तै, सुवेदीलाई धनन्जय नरसिंह केसीले नेतृत्व गरेको अर्को नेपाली जनसम्पर्क समितिको समर्थन छ । साथै एनआरएनए अमेरिकाका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. केशव पौडेलको पनि समर्थन छ । डा. पौडेल एनआरएनए अमेरिकाको चुनावका खेलाडीका रुपमा चिनीनुहुन्छ । दुई कार्यकाल अमेरिकाको नेतृत्व हाँक्नु भएका पौडेल यसअघि आइसिसी उपाध्यक्षमा झिनो मतले पराजीत हुनु भएको थियो । अघिल्लो कार्यकालमा पौडेलले वर्तमान अध्यक्ष सुनील साहलाई समर्थन गर्नु भएको थियो ।

अमेरिकामा अन्तराष्ट्रिय परिषद सदस्य ९ जनाको लागि २१ जना प्रतिस्पर्धा गर्दैछन । राष्ट्रिय समन्वय परिषदको लागि १०४ जना र राज्य च्याप्टरमा २८७ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ४१२ उम्मेदवारहरु मध्ये १४४ जना निर्बिरोध भएका छन् भने २६८ जनाको लागि निर्वाचन हुँदैछ ।

त्यस्तै, पूर्व बोर्ड अफ डाईरेक्टरमा रही काम गर्नु भएका लामिछानेलाई नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदी टिमको समर्थन छ । साथै एनआरएनए आइसिसी सचिव गौरीराज जोशी, सल्लाहकार हरिबोल भण्डारी, अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी, महिला संयोजक उमा कार्की थापा, आइसिसी सदस्यहरु प्रमोद सिटौला, पुरुषोत्तम बोहरा, होमनाथ गौतम, विष्णुमाया परियार, यमुना भट्टराई, हरि दाहाल, तृष्ण शर्मा काप्mले, जेदू पोखरेल र स्वराज खातीलगायतको समर्थन लामिछानेले पाउनु भएको छ । लामिछाने समूहले आइसिसी सदस्यमध्ये ८० प्रतिशत बढीको र एनआरएनए अमेरिकाका राज्य च्याप्टरका संस्थापक सभापतिको पनि समर्थन रहेको दावी गरेको छ । एमाले अध्यक्ष के पी शर्मा पक्षधर प्रवासी मञ्चका नेताहरुको पनि लामिछानेलाई समर्थन छ ।

त्यस्तै, वर्तमान बोर्ड सदस्य रहनु भएका तिलक केसीलाई वामपन्थीहरुको समर्थन रहेको छ । विशेष गरि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग नजिकको सम्बन्ध भएकाहरुले केसीलाई खुलेर सहयोग गरेका छन् ।

यो पटक अमेरिकामा अन्तराष्ट्रिय परिषद सदस्य ९ जनाको लागि २१ जना प्रतिस्पर्धा गर्दैछन । राष्ट्रिय समन्वय परिषदको लागि १०४ जना र राज्य च्याप्टरमा २८७ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ४१२ उम्मेदवारहरु मध्ये १४४ जना निर्बिरोध भएका छन् भने २६८ जनाको लागि निर्वाचन हुँदैछ ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १०:५४