गंगा अवालको ब्यक्तिगत पहलमा टेकु र भक्तपुर अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

भक्तपुर। मंगलादेवी स्मृति प्रतिष्ठानकी अध्यक्ष गगादेवी अवालले टेकू र भक्तपुर अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग गर्नु भएको छ । रास्ट्रिय किसान महिला महासंघ केन्द्रीय अध्यक्ष तथा नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रीय आमन्त्रित सदस्य समेत रहन भएको अवालले अक्सिजन कन्सनट्रेटर सहयोग गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is oxgen4.jpg

सामाजीक कार्यमा सक्रिय अवालले टेकूमा दुई वटा अक्सिजन कन्सनट्रेटर र गृह जिल्ला भक्तपुरस्थित भक्तपुर जिल्ला अस्पतालको लागि एक थान अक्सिजन कन्सन्टेटर तथा केहि बडी ब्यागहरु हस्तान्तरण गर्नु भएको हो । अवालले भक्तपुरका मेडिकल सुपरिटेण्ड डा.सुमित्रा गौतमसँग कोभिड १९ को नियन्त्रणका लागि अझ थप सहयोग गर्ने बाचा गर्नु भएको हो ।

(५ लिटर र ७ लिटर) क्षमताको भएका अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो ।अवालले सानो सहयोग भए पनि अरुलाई थप सहयोग गर्न अभिप्रेरित गरोस भन्ने उद्देश्यले गरिएको बताउनु भयो ।


प्रकाशित | ११ जेष्ठ २०७८, मंगलवार ११:१४