पोर्चुगलमा एक नेपालीमा कोरोना पोजेटिभ देखिएपछि ७४ नेपाली क्वारेन्टाइनमा

पोर्चुगल : विश्वमै महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण पोर्चुगलमा पनि ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

पोर्चुगलको लिस्बोनदेखि झण्डै २०० किमी टाढा रहेको फारो डिष्ट्रिकमा कृषि क्षेत्रमा कार्यरत एक नेपाली कामदारमा आइतबार कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीसँग सम्पर्कमा रहेका अन्य ७४ कामदारलाई पनि फारोमै क्वारेन्टाइनमा राखिएको पोर्चुगलको स्थानीय टेलिभिजनले जनाएको छ ।

कोरोना भाइरसको आशंकामा साथीसँगै अस्पताल पुगेका उनलाई अस्पतालले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो । त्यसपछि उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी गरेर क्वारेन्टाइनमा राखिएको बताइएको छ । जसमध्ये पाँचजनामा संक्रमण भएको आशंका गरिएको छ ।


प्रकाशित | ४ चैत्र २०७६, मंगलवार १०:५२