आज गाईजात्रा पर्व मनाइदै

काठमाडौं –आज भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा निकै सावधानीपूर्वक मनाइँदैछ ।

दिवंगत ब्यक्तिको नामबाट गाई बनाई नगर परिक्रमा गरेर मनाइने सांस्कृतिक गाईत्राजा आफैमा दुखद पर्व भए पनि वर्षदिनभरी दिवंगत भएकाको सम्झनामा मनाइन्छ ।

काठमाडौंसहित भक्तपुरमा हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिनदेखि भ्रादकृष्ण अष्टमीको दिनसम्म मनाइदै आएको गाईजात्रा आठ दिनसम्म मनाइने गरिन्छ । जात्राको पहिलो दिन तलेजु स्थानबाट बिहानै पहिलो तलेजुको ताहामचा बनाई मृतात्माको प्रतीक ताहामचालाई नगर परिक्रममा गरेपछि बिधिवत रुपमा गाईजात्रा सुरु गरिन्छ ।

बित्तेका वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालीका भए साँचा अर्थात डोकोलाई गाईका रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ । उमेर पुगेका भए ताहामचा अर्थात चारवटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाएर नगर परिक्रमण गरिन्छ । गाईलाई विधिवत नगर परिक्रमा गराए दिवंगत आत्मा सजिलै स्वर्गलोकमा पुग्ने जनविश्वास छ ।

गाईजात्रा भक्तपुर नगरको सूर्यमढी, दत्तात्रय, सुकुलढोका, टौमढी, बोलाछे हुाद ै नासमना, बंशगोपाल, इटाछे, खौमा, दरबारस्क्वायर, चोछे, भोलाछे, यालाछे, दत्तात्रय, क्वाठन्डौ, गछे हुँदै सूर्यमढी सरसफाई गरिसकिएको हो । भक्तपुरमा गाईजात्राको अन्तिम दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई(रथ)नगर परिक्रमा गराई गाईजात्रा बिर्सन गरिने परम्परा छ ।


प्रकाशित | २० श्रावण २०७७, मंगलवार ०८:२७