संसदीय व्यवस्था असफल शावित भयो: विप्लव

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय ब्यवस्था असफल भएको दावी गर्नु भएको छ । झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएकाले ब्यवस्था नै असफल भएको दावी गर्नु भएको हो ।

‘यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या हो’, शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै भन्नु भएको छ । वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने उहाँको भनाइ छ । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार हुने समेत बताउनु भएको छ ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १४:२१