सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको आरोप लगाउनु भएको छ ।

उहाँले सामाजीक सञ्जालमा लेख्नु भएको छ, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण । नअलमलिउँ, खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उहाँले भन्नुभएको छ, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद् १विघटन,पुनस्स्थापित संसद्को अपमान,विश्वासको मतको नाटक,७६(३) को सरकार गठन,विश्वास लिनुको सट्टा ७६ (५ ) को आव्हान,अनुकुल नभएपछि फेरि विघटन । कस्तो सेटिङ । प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए ।’


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार ०९:२३