सुनको मूल्य बढ्यो

काठमाडौँ – आज सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ। शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।

 


प्रकाशित | २४ माघ २०७८, सोमबार १३:१३