नेपालमा थप ८ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिए, १ सय ७७ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । मृत्युदरमा केही कमी आए पनि संक्रमणदर भने घटेको छैन । पछिल्लो पटक ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज १ सय ७७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दा बढी ६० वर्षमाथिमा ३ हजार ३ सय १२ जना छन् ।

यस्तै ५० देखि ६० वर्षसम्मका ११ सय ३१ जना ४० देखि ४९ सम्म उमेर समूहका ८ सय ४६ जना छन् । यस्तै २० देखि ४ ३९ वर्ष उमेरका ६ सय ७२ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

३१ जना ९ वर्ष मुनिका बालबालिकाको मृत्यु भएको छ भने १० देखि ९ वर्ष उमेर समूहका ३२ जनाको मृत्यु भएको छ । आज २३ हजार २ सय २६ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । आज काठमाडौं उपत्यकामा २ हजार चार सय ५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा १ हजार ७ सय ५२ ललितपुरमा ४ सय र भक्तपुरमा २ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यका बाहिर रुपन्देहीमा ६ सय ७३ र मोरङमा ६ सय ३९ जना संक्रमित थपिएका छन्। त्यस्तै कैलालीमा ४ सय १९ काभ्रेमा ३ सय ८ र कास्कीमा २ सय ८२ जनामा संक्रमण देखिएको छ ।

यस्तै झापामा २ सय ३६ र सिन्धुपाल्चोकमा २ सय ३१ जना संक्रमित फेला परेका छन् । हाल देभरका विभिन्न अस्पतालको आइसीयूमा १७ सय १६ र भेन्टिलेटरमा ५ सय ११ जनाको उपचार भइरहेको छ ।

हाल ४६ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने थप १४ जिल्लामा २ सय माथिकोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।


प्रकाशित | ७ जेष्ठ २०७८, शुक्रबार १८:४५