बेल्जियमका झलक केसीद्धारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग

पर्वत । अन्तराष्ट्रिय पर्वत समाज बेल्जियमका बरिष्ठ उपाध्याक्ष झलक केसीले कोभिड अस्पताल जलजलालाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग गर्नु भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं ८ नाग्लिवाङ स्थाई घर भइ हाल बेल्जियममा स–परिवार बस्दै आउनु भएका झलक केसीले अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग गर्नु भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि केसीले व्यक्तिगत रुपमा दिनु भएको अक्सिजन कन्सन्ट्रेटर मेसीन जलजला वार्ड नं ८ का वडा अध्यक्ष हरि विकास जिसीलाई अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार एवंम एनआरएनए आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठले हस्तान्तरण गर्नु भयो ।

सफल व्यवसायी समेत रहनु भएका केसीले मुलुकमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्न सबैले सवै ले आ–आफ्नै स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिनु भयो ।

सबैको प्रयासबाट महामारी परास्त गर्न सकिने उहाँको भनाई छ । उहाँले घर भित्रै बसेर स्वास्थ्य मापदण्ड पालना गर्न पनि आम नागरिकलाई आग्रह गर्नु भएको छ ।


प्रकाशित | ६ जेष्ठ २०७८, बिहीबार २२:१२