वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा.रामहरी रौनियारलाई ८ लाख घुससहित पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग ८ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्यितयारले पक्राउ गर्न सफल भएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले रौनियारद्वयलाई घुस रकमसहित धरानस्थित कार्यालय परिसरको उपकुलपतिको निवासबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रकाशित | २६ असार २०७६, बिहीबार २१:५८