खनाल-नेपाल पक्षका सांसदको राजीनामा नआउने संकेत

काठमाडौं । नेकमा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहको राजीनामा नआउने भएपछि बहुमतीय सरकारको सम्भावना टर्दै गएको छ । एमालेको नेपाल र खनाल पक्षले साढे ४ बजेसम्म सहमती नभए आफ्ना पक्षका सांसदले राजीनामा दिने अल्टीमेटम दिए पनि अझै प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच छलफल जारी छ । संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय पनि घर्किएको छ ।

उता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टदै गएको निश्कर्ष निकालेका छन् । नेकपा माओवादी केन्द्रसहित राजपाको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको प्रयास भएको थियो ।

बहुमतीय सरकार गठनको लागि नेपाली कांग्रेसलाई माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो समूहले समर्थन नजनाउने भएपछि सम्भाबना टर्दै गएको हो ।

राष्ट्रपति कार्यालयका कर्मचारीहरुले भने राति ९ बजेसम्म काँग्रेस–माओवादी गठबन्धनलाई कुर्ने भएका छन् । सरकार गठनको दाबी गर्ने समय आज राति ९ बजेसम्म तोकिएको छ ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १८:०७