काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने ब्यवस्था पनि गरेको छ । उपत्यकामा सरकारले बैशाख १७ गतेदेखि निषेधाज्ञा गरेको हो ।


प्रकाशित | २८ बैशाख २०७८, मंगलवार १४:२१