एनआरएनए जापानको अध्यक्ष पदमा दीपक कार्कीको उम्मेदवारी

नायोया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अध्यक्ष पदमा दीपक कार्कीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापानको अध्यक्ष समेत रहनु भएको कार्कीले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

जापानको नायोयामा बस्दै आउनुभएको कार्की एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्ष हुनुहुन्छ । एनसिसी जापानमा २००७ मा आबद्ध भएर एनआरएन अभियानमा सक्रिय रहँदै आउनुभएको कार्कीले नायोया क्षेत्रको क्षेत्रीय संयोजक हुँदा धेरै सुधारहरु गर्न सफल हुनुभएको थियो ।

एनआरएनए जापानका सबै क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न सफल कार्की सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । साथै टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्न पनि उहाँको योगदान छ ।

नेपाल फेस्टिबल जस्ता कार्यक्रम आयोजना गर्दै कार्कीले नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साथै त्यहाँ रहेका नेपाली विद्यार्थी र गैर आावासीय नेपालीलाई एनआरएनएमा आबद्ध गराउँन पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो । साथै टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्ने कार्यमा पनि उहाँको योगदान छ ।

एनआरएनए जापानका सबै क्षेत्रमा क्षेत्रीय समिति गठन गर्न सफल कार्की सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । प्रवासमा बसेर धन आर्जन मात्र नभई सामाजिक क्षेत्रमा पनि लगाउनुपर्छ भन्ने भावना राख्नुहुने कार्कीेले अग्रजहरुको सल्लाह- सुझावको आधारमा एनआरएनए जापानको अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिएको बताउनुभयो ।

विगत १७ वर्षदेखि जापानमा बस्दै आउनुभएको कार्की एक सफल ब्यवसायी समेत हुनुहुन्छ । उहाँको जापानमा ३ वटा रेष्टुरेन्ट छन भने अन्य विभिन्न क्षेत्रमा पनि लगानी छ । 

एनआरएनए जापानमा  काम गरेको अनुभव, संस्थाालाई नजिकसँग बुझेको र सामाजीक क्षेत्रमा पनि सक्रिय भएको नाताले एनसिसीको नेतृत्व गर्न सक्षम रहेकोले पनि आफू अगाडि बढेको जानकारी गराउनुभयो ।

विगत १७ वर्षदेखि जापानमा बस्दै आउनुभएको कार्की एक सफल ब्यवसायी समेत हुनुहुन्छ । उहाँको जापानमा ३ वटा रेष्टुरेन्ट छन भने अन्य विभिन्न क्षेत्रमा पनि लगानी छ । एनआरएनए जापानको चुनाव आगामी २७ जुलाईमा हुँदैछ ।


प्रकाशित | २६ बैशाख २०७८, आईतवार १७:१७