दोलखा भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखा । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको हो ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको छ ।


प्रकाशित | २५ बैशाख २०७८, शनिबार १५:३५