एनआरएनएको आइसिसी सदस्य पदमा रामबाबु पाण्डेको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा रामबाबु पाण्डेले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकालको लागि पाण्डेले आफ्नो उम्मेदवारी दिनुभएको हो । पाण्डे एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हुनुुहन्छ ।

नुवाकोटको मदनपुर, बेलकोटगढीमा जन्मिनु भएका पाण्डे लामो समयदेखी लस एन्जलसलाई कर्मक्षेत्र बनाएर सामाजिक कार्यमा सक्रिय हुनुुहन्छ। एनआरएनए आइसीसी अमेरिकाको आजीवन सदस्य पाण्डे २०१५ मा एनआरएनए क्यालिफोर्निया राज्य च्याप्टरको उपाध्यक्ष हुनुहुन्थ्यो भने २०१७ मा च्याप्टर अध्यक्ष र २०१९ मा एनसिसी अमेरिकाको उपाध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो ।

पाण्डे श्रीपशुतिनाथ फाउन्डेशनका सदस्य पाण्डेआफु बस्ने क्यालिफोर्निया राज्य बाहिरका धेरै सामुदायिक संस्थामा समेत सक्रिय हुनुहुन्छ । काठमाण्डौंको सरस्वती क्याम्पसमा पढ्दादेखि नै ब्यवसायमा आबद्ध रहँदै आउनुभएको पाण्डे अहिले एक सफल ब्यवसायीको रुपमा परिचीत हुनुहुन्छ ।

पाण्डेले आफूले दुई कार्यकाल च्याप्टरमा काम गरेको र महाधिवेशन प्रतिनिधि भएर दुई दुई पटक काठमाण्डौं गएर आइसीसीका थुप्रै गतिबिधिमा सहभागी भएकोले अब गएर काम गर्ने इच्छा भएकोले एनआरएनए आईसिसी सदस्य पदमा उमेदवारी दिएको बताउनुभयो ।

एनआरएनए अमेरिकाको (२०२१- २०२३ ) कार्यकालका लागि उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेर साथीहरुको सल्लाह अनुसार आईसिसी सदस्यमा उम्मेदवारी दिइएको पनि बताउनुभयो । सबैको एकता र त्यागले संस्था अघि बढ्छ भन्ने मान्यता राख्नु हुने पाण्डे सामुदायिक संस्थाहरु या एनआरएनएका हरेक कार्यक्रममा होस्टेमा हैंसे मिलाउने सहयोगी पात्रका रुपमा परिचित हुनुहुन्छ ।


प्रकाशित | २० बैशाख २०७८, सोमबार १२:२२