‘एनआरएन फाउण्डेसन’ को स्थापना, संयोजकमा पूर्व अध्यक्ष जीवा लामिछाने (भिडियोसहित )

काठमाडौं । नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्ने उदेश्यले गैर आवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरेको छ । विश्वभर छरिएका नेपालीहरुले नेपालमा गर्ने परोपकारी कामहरुलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उदेश्यले गैर आवासीय नेपाली संघले छुट्टै फाउण्डेनशनको स्थापना गरेको हो ।

फाउन्डेसनको संयोजकमा जीवा लामिछाने चयन हुनुभएको छ । संघका संरक्षक समेत रहनु भएको लामिछानेको नेतृत्वमा वर्तमान अध्यक्ष कुमार पन्त, संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौडेल, संघका संरक्षक रामप्रताप थापा, संघका सल्लाहकार एसी शेर्पा, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, कलाकार मनीषा कोइराला, एकनाथ खतिवडा र पुरु श्रेष्ठ रहनु भएको छ ।

परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ को संशोधन सहित) मा एनआरएन फाउण्डेसनको व्यवस्था रहेको छ । यसको स्थापना नेपाल भित्र वा विश्वको कुन पनि स्थानमा गरिन सकिनेछ । फाउण्डेशनमार्फत संघले सञ्चालन गर्ने परोपकारी परियोजनाहरुको लागि आवश्यक कोषको व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै सहयोग गर्ने संघसंस्थाहरुलाई समेत करमा छुट पाउन सक्ने प्रावधान अनुसार धेरै दाताहरुको सहयोग र साथ पाउन सकिन्छ भन्ने फाउण्डेशनको धारणा रहेको छ ।

फाउण्डेशनमार्फत संघले सञ्चालन गर्ने परोपकारी परियोजनाहरुको लागि आवश्यक कोषको व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै सहयोग गर्ने संघसंस्थाहरुलाई समेत करमा छुट पाउन सक्ने प्रावधान अनुसार धेरै दाताहरुको सहयोग र साथ पाउन सकिन्छ भन्ने फाउण्डेशनको धारणा रहेको छ ।

फाउण्डेशनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, प्राचिन स्मारकहरुको मर्मत तथा जिर्णोद्धार, कला तथा संगीत क्षेत्रमा सहयोग, बैज्ञानिकहरु तथा श्रमिकहरुको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय खेलकुद विकासमा सहयोग, गैर आवासीय नेपालीहरुको उत्थान, विपत व्यवस्थापन तथा अन्य सरोकारका क्षेत्रमा सहयोग गर्ने छ ।

हेर्नुहोस भिडियो

प्रकाशित | ७ बैशाख २०७८, मंगलवार ११:४४