प्रदेश नम्बर ३ को नाम बागमती, राजधानी हेटौंडा

काठमाडौं: प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ हुने निश्चित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउन प्रस्ताव गर्ने निर्णय गरेपछि नाम र राजधानीको टुंगो लागेको हो । नेकपाको प्रदेशमा दुई तिहाइ बहुमत छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउन प्रस्ताव गर्ने निर्णय गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी गराउनुभएको छ ।

समय अभावका कारण एक घण्टा मात्रै बसेर सकिएको बैठकमा सभामुख चयन तथा राष्ट्रियसभा निर्वाचनबारे भने सामान्य छलफल मात्रै भएको खनालले बताउनुभयो ।


प्रकाशित | १३ पुष २०७६, आईतवार १९:४८