एनआरएन फण्ड केहि वर्षभित्रै ५० औं अर्वको पुर्‍याउछौं : कुमार पन्त (भिडियोसहित )

काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १० अर्वको फण्ड केहि वर्षभित्र ५० औं अर्व पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फन्डको पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले हालै सुरु गरीएको १० अर्वको एनआरएन फण्डमा लगानीका लागि विदेशमा रहेका नेपालीहरु निकै उत्साहित रहेको बताउनु भयो ।

उहाँले गैर आवासीय नेपालीहरुले व्यक्तिगत र सामूहिक रुपमा निरन्तर रुपमा नेपालमा लगानी भित्राइरहेको पनि उल्लेख गर्नु भयो ।हाइड्रोपावर, अस्पताल, होटल तथा रेष्टुरेन्ट लगायत विविध क्षेत्रमा गैर आवासीय नेपालीहरुको लगानी भइरहेको उल्लेख गर्नु भयो ।

अध्यक्ष पन्तले छरिएर आउने गरेको लगानी संगठित रुपमा नेपाल ल्याउन बाटो खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबाट पनि रोजगारी सिर्जना भइरहेको छ । केही समयअघि पनि हामीले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका थियौँ । तर हाम्रा दाजुभाइहरुले बृहत लगानीको प्ल्याटफर्म खोज्नुभएको थियो । त्यही मागलाई पूरा गर्न यो कोष आएको छ ।’

भिडियो हेर्नुहोस्


प्रकाशित | ७ बैशाख २०७८, मंगलवार १०:२२