विप्लवका मध्यकमाण्ड इन्चार्ज ओलीसहित ६ जना जेल चलान

काठमाडौं : विप्लव नेतृत्वका नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित ६ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको छ मंगलबार ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि बिस्फोटक पदार्थ बम विस्फोटमा संलग्न रहेको भन्दै उनीहरुलाई नख्खु कारागार पठाउन आदेश भएको हो ।

ओलीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार भन्ने ईश्वर दमाई, जुम्ली उर्फ विराट भन्ने विर बहादुर कठायतलाई थुनामा पठाउन अदालतले आदेश दिएको हो । गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट गराइएको थियो । विस्फोटबाट एकजनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १९:२७