एनआरएनए डेनमार्कको कलरफूल स्याडोज कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन

नेपालका दृष्टिविहिनलाई निशुल्क कोचिङ कक्षा

कोपनहेगन । एनआरएनए डेनमार्कले चार वर्षपछि सञ्चालनमा ल्याएको दोस्रो पुस्ता लक्षित कलरफूल स्याडोज कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा आएको छ । नेपालमा दृष्टिबिहीनहरुलाई विभिन्न सहयोगको लागि संचालित कलरफूल स्याडोज कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा आएको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्कले कलरफूल श्याडोज कार्यक्रम अन्तर्गत नेपालमा दृष्टिविहिन भएका विद्यार्थीहरूका निमित्त दुई महिने कोचिङ कक्षा सञ्चालन गरेको छ । कलरफूल स्याडोजकी अनुजा गौतमले नेपालका दृष्टिविहिनहरुको लागि लक्षित दुई महिने कोचिङ कक्षा सम्पन्न गरिएको बताउनुभयो । हप्तामा तीन दिन सञ्चालन गरिएको सो कार्यक्रम तीन महिनासम्म भर्चुअल रुपमा सञ्चालन गरिएको थियो ।

गौतमका अनुसार ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीको लागि गणीत र बिज्ञान विषयको कक्षा सञ्चालन गरिएको थियो । काठमाडौंका २ वटा, पोखरा र बर्दीयाका १/ १ वटा विद्यालयमा गरि २५ जना दृष्टिविहिनहरुलाई कक्षा सञ्चालन गरिएको हो । गौतमले भिजीकल रुपमा जस्तो धेरै चिजहरु सिकाउन नसकिए पनि यो कार्यक्रम निकै प्रभावकारी रुपमा सञ्चालन भएमो बताउनुभयो ।

कलरफुल स्याडोज २०१६ मा स्थापना भएको हो । सन् २०१६ को डेनमार्कमा भएको  यूरोप क्षेत्रीय बैठकमा डेनमार्कबाट दृष्टिबिहीन अनुजा गौतम र अर्की किशोरीले मञ्चमा दिनुभएको प्रस्तुतीबाट प्रभावित एनआरएनका अभियन्ताहरुले सहयोगको आश्वासन सहितको प्रतिबद्धता जनाउनुभएको थियो । त्यो बेला करिब २५ देखि ३० लाखको प्रतिबद्धता आएपनि रकम भने उठन् सकेन । संकलीत रकम पनि आइसिसीको तत्कालीन नेतृत्वले गौतमको अनुमतीबिनै अन्य विभिन्न शीर्षमा खर्च गरेको थियो ।

वर्तमान कोभिड-१९ को महामारीमा अनलाईनमार्फत सञ्चालन गरिएको यो कार्यक्रम आगामी शैक्षीक सत्रमा पनि निरन्तरता दिर्दै भिजीकल रुपमा सञ्चालन गर्ने योजना रहेको गौतमले जानकारी गराउनुभयो ।

त्यस्तै, एनआरएनए डेनमार्कका अध्यक्ष रवीन्द्र खडकाले कलरफूल स्याडोज कार्यक्रम एनआरएनएमा दोस्रो पुस्तालाई जोड्ने अभियान अन्तर्गत सञ्चालन गरिएको बताउनुभयो । चार वर्ष पछि सञ्चालनमा ल्याइएको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएकोमा खुसी ब्यक्त गर्दै अध्यक्ष खडका यो कार्यक्रमलाई अब आउने नयाँ कार्यसमितिले पनि प्रोजेक्टको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुहुन्छ ।

यो कार्यक्रमका लागि युरोपका गैर आवासीय नेपाली संघ बेलायत, आयरल्याण्ड, डेनमार्क, अस्ट्रिया, स्पेन र पत्रकार महासंघ युरोप शाखाद्धारा सकलीत २ हजार २६९,४० युरो अर्थात् ३ लाख २२ हजार २८७ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । संकलीत रकम गैर आवासीय नेपाली संघ डेनमार्कको सहयोगमा उक्त रकम कलरफूल स्याडोजकी अनुजा गौतमलाई निकासा गरिएको थियो ।

कलरफुल स्याडोज २०१६ मा स्थापना भएको हो । सन् २०१६ को डेनमार्कमा भएको यूरोप क्षेत्रीय बैठकमा डेनमार्कबाट दृष्टिबिहीन अनुजा गौतम र अर्की किशोरी सिमा पौडेलले मञ्चमा दिनुभएको प्रस्तुतीबाट प्रभावित एनआरएनका अभियन्ताहरुले सहयोगको आश्वासन सहितको प्रतिबद्धता जनाउनुभएको थियो । त्यो बेला करिब २५ देखि ३० लाखको प्रतिबद्धता आएपनि रकम भने उठन् सकेन । संकलीत रकम पनि आइसिसीको तत्कालीन नेतृत्वले गौतमको अनुमतीबिनै अन्य विभिन्न शीर्षमा खर्च गरेको थियो ।


प्रकाशित | ३ बैशाख २०७८, शुक्रबार १६:३१