नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने आवश्यकता देखियो: नेता थापा

दमौली: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताएका हुन ।

उनले भने, “सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ, “हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ ।” नेपाललाई सिङ्गापुर बनाउँछु भनेर भाषण गरेर कुनै एक व्यक्तिले चाहेर मात्रै नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गर्नुभयो । “नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोबाट मात्र नेपाल समृद्ध बन्न सक्छ ।


प्रकाशित | ८ पुष २०७६, मंगलवार १४:२७