प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौडा : प्रदेश नम्बर –३ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रम बहुमतका साथ पारित गरेको हो । यही जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम माथिको छलफलमा बिहीबार र शुक्रबार सांसदहरुले भाग लिएका थिए । ६० जनाभन्दा बढी प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रममा भाग लिइसकेपछि शुक्रबार बहुमतले पारित गरिएको हो ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार १५:१३