के तपाई जापान आउँदै हुनुहुन्छ ? यी कुराहरु अनीवार्य ध्यान दिनुस है !

बुद्धिराज घिमिरे

जापान सरकारले कोरोना भाईरस संक्रमणको पछिल्लो अवस्थालाई ध्यानमा राखेर विदेशी आगमनलाई कडाई गरेको छ । नेपालदेखि जापानसम्म आई पुग्दा मेरो छोटो अनुभव राख्ने कोशीस गरेको छु ।

जापान आउदाँ के -के कुरामा ध्यान दिने ?

कोरोना नेगेटिभ भएको ल्याव र डाक्टरले प्रमाणित गरेको कागज।

-Barcode/QRCode -पासपोट – जाईरोकार्ड – एयरपोट भित्र विशेष गरि चेक हुने र गर्नुपर्ने.

– तपाईको काम -Install OSSMA -Install skype -Save Lication information -Install COVID-19, Contact-Confirming Application (COCOA) (यि install गर्नु भएमा तपाईको एयरपोट भित्र करिव २ घन्टाको समय बचत हुने )

-OSSMA install गरिसकेपछि एकाउन्ट पनि खोल्नु होला, जहाँ id तपाईको पासपोट नम्वर र password मा जन्म मिति राख्नु पर्ने छ ।

-Skype install गरि सकेपछि एकाउन्ट पनि खोल्नु होला, उत्निखेरै तपाईलाई Skype मा म्यासेज हुन्छ, एकाउन्ट नखोल्दा message आउँदैन, त्यसैले स्काईप डाउनलोड गरि एकाउन्ट खोल्नु होला।

-Email तपाईको आफ्नै हुनु पर्नेछ, ईमेल तपाईले लिनु भएको मोवाईलमा आउछ कि आउदैन हेरिने हुँदा आफ्नै मेल तपाईको मोवाईलमा पनि आउने गरि तयारी रहनु होला।

-बारकोट अनिबार्य तपाईले लिनु भएको मोवाईलमा सेटिङगर्नु होला। तपाईले मोवाईल बोक्नु भएको छैन भने एयरपोट भित्र १५००० एनमा भाडामा पाईन्छ, तर तपाई सँग डलर वा एन छैन भने निकै असहज हुनेछ, तपाईलाई त्यो समय १५००० एन जसरी पनी आवस्यक पर्ने हुदा तयारीका र योजनाका साथ रहनु होला।

त्यहाँ देखिएका हाम्रा समस्याहरु ‘-

आवश्यक पर्ने system install गर्न मोवाई नहुनु, भएको मोवाईलमा पनि सिम नहुनु र सजिलै सँग wifi ले साथ नदिनु। हामी धेरै जसोको Email नहुनुले समस्या भयो, अग्रेजी र जापानी दुवै बोल्न नआउने ब्यक्तिको लागि झनै असजिलो हुने हुँदा तपाई हामी सबैले त्यस्ता ब्यक्तिहरुलाई तयारी अवस्थामा पठाउनु तपाई हाम्रो कर्तव्य हुनेछ ।

मोवाईल नहुदा कतिपयले मोवाई त्यहि भाडामा लिनु भयो तर पनि पैसा नभएकोले जापानमा रहनु भएको आफन्तलाई फोन गरी पैसा राख्न लगाई निकै सकस तरिकाले काम गर्नु भयो।हामीले एउटा सिम चेन्ज गर्दै ५/६ जनाले माथिमा system हरु install गर्यौ किनकी wifi त्यहाँ हुदा पनि हामिलाई समयमै साथ दिएन।

जापानबाट जाँदा Immegration ले reintry को लागि छाप लागाएको चिट हराएमा पनि समस्या हुने हुँदा त्यो पासपोटमा टासिएको पुन: प्रवेश आज्ञा सुरक्षित राख्नु होला, केहि समय त्यसले पनि हामीलाई असहज बनायो।

नेपालबाट जापान समान लिइ आउने हकमा नेपालबाट लिआउन नपाउने समान निकाल्न लगाउछ, सकेसम्म बारकोड भएका र राम्रो सँग प्याकिङ गरि कम्पनिको छाप लगाई स्टिकर लगाएका समान भए राम्रो तर मासुका परिकार र निशेधित बस्तुहरु ल्याउने प्रयास नगर्नु होला, मैले त काच्चो मकै पनि नेपाली एयरपोटमा फालेर आएको हो । त्यहाँ धेरै मसला र गेडागुडी निकालिएको थियो ।

जापानको Immegration बाट जापान भित्र जानु भन्दा पहिला पुन: कोरोनाको टेस्ट गरिने र रिपोट नेगेटिभ आएपछि जापान भित्र पस्न अनुमति सँगै हामी १४ दिन निजी Quarantine मा बस्ने सर्तमा बाहिर आउन पाउछौ र आयौ । आए पछिको कसलाई लिन आउनु भएको छ आ-आफै जानु भयो तर त्यहाँको यर्थात दृष्य हेर्दा आफ्नो बासस्थान जान अलमल गरिरहनु भएको थियो ।

घिमिरे एनआरएनए जापानको निवर्तमान महासचिव हुनुहुन्छ ।


प्रकाशित | १९ चैत्र २०७७, बिहीबार १०:३१