गैर आवासीय नेपाली नागरिकता विभिन्न बहाना बनाएर पर धकेल्न खोजीदैंछ: कुमार पन्त

काठमाडौं:  गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली नागरिकता विभिन्न बहाना बनाएर पर धकेल्ने कार्य भइरहेकोमा आपत्ति जनाउनु भएको छ । पन्तले संविधानले प्रत्याभूत गरेको गैर आवासीय नेपाली नागरिकता विभिन्न बहाना बनाएर पर धकेल्न खोजीएको भन्दै आपत्ति जनाउनु भएको हो ।

‘विगतमा धेरै सरकार परिवर्तन भए तर गैर आवासीय नेपालीका मुद्दा न सरकारको प्राथमिकतामा पर्‍यो, नत अदालतकै’, पन्तले भन्नु भएको छ, ‘श्रीमान र मन्त्रीज्यूहरुको तलबसमेत खुवाउन पैसा पठाउने एनआरएनहरूको मुद्दा सम्बोधन गर्न सरकार र अदालतलाई कहिले फुर्सद मिल्ला !’

देशको अर्थतन्त्रको ३० प्रतिशत हिस्सा गैर आवासीय नेपालीले पठाएको रेमिट्यान्सले धानेको स्मरण गराउँदै श्रमीक साथीहरूले आफ्नै राहत र उद्धारका लागि जम्मा गरेको रकम ८ अर्ब नाघिसक्दा पनि विदेशमा कुनै श्रमिकको ज्यान जाँदा शव लैजान चन्दा उठाउनुपर्ने अवस्था आउनु दु:खद भएको बताउनुभयो ।

‘हालै रवि लामिछानेको मुद्दा जसरी फास्ट ट्रयाकबाट फैसला गरियो, त्यसमा मेरो भन्नु केही छैन । तर यसैसँग सम्बन्धित संविधानको धारा २९१ लाई लिएर दायर गरिएको मुद्दा ५ वर्षदेखि आदालतमा विचाराधीन छ’, उहाँले भन्नुभयो । पन्तले रवि प्रकरणले लाखौ लाख गैर आवासीय नेपालीहरु प्रभावीत हुने समेत बताउनुभयो ।


प्रकाशित | २६ माघ २०७९, बिहीबार १७:२२