२०४६ पछिका सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानविन गर्न राप्रपाको प्रस्ताव

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितको टोलीले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

राप्रपाको ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तो राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै वहानामा पनि छुट दिन हुँदैन। वहालवाला सचिव र तात्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू समयक्रमसंगै सेलाएर जानका साथै ठूलाहरू खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मक्ति पाउने नजिरका कारण पूर्णरूपमा आश्वस्त हनसक्ने अवस्था सिर्जना भईसकेको छैन।’

कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने, सबै ठुलठुला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनु पर्ने साथै २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गर्न आग्रह गरिएको छ।


प्रकाशित | २९ बैशाख २०८०, शुक्रबार १५:३४