सञ्जय कपुरकी छोरी सनाया बलिउडमा प्रवेश गर्दै

एजेन्सी । बलिउड नायक सञ्जय कपुरकी छोरी धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र बाट बलिउड सिने नगरीमा मुख्य भूमिकामा डेब्यु गर्ने भएकी छिन् ।

कर्नरस्टोन एजेन्सीमा आवद्ध भएकी सनाया कपुरलाइ चलचित्रमा डेब्यु गर्न लागेको भारतीय संचार माध्यमले उल्लेख गरेको छ । साथै नेपोटिजमको आरोप लागेका करण जोहारले आफ्नो सामाजिक सन्जाल मा पनि यसबारे केही दिन अघी बताएका थिए ।

यसअघि ‘गुञ्जन सक्सेना’सहयोगीको रुपमा काम गरिसकेकी कपुरले हालै एक वेव सिरिजमा पनि काम गरेकी थिइन् । करण धर्मा प्रोडक्सनका प्रमुख हुन् ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार ०८:४५