चलचित्र ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनीक

काठमाडौं : चलचित्र ‘हजार जुनीसम्म’ को पहिलो गीतको भिडियो सार्वजनीक भएको छ । सोमबार राजधानीमा एक समारोहबीच पहिलो गीत रिलिज गििरएको हो । निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको गीत ‘एमजी रोडैमा‘’ को भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने यसमा शब्द र संगीत पनि राजनकै रहेको हो ।

गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सलोन बस्नेत र डेब्यू अभिनेता अखिलेस प्रधानको अभिनय छ । गीतको बोलझैँ सिक्किमको एमजी रोडमै यो गीतको भिडियोको छायांकन गरिएको हो । आफ्नो फिल्म आउँदो ३० साउनबाट प्रदर्शनमा ल्याउने निर्देशक विकासराज आचार्यले कार्यक्रममा बताए । सो कार्यक्रममा स्वस्तिमा , अखिलेस र सलोनसँगै आर्यन सिग्देल, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल लगायत उपस्थित थिए । कलाकारहरुले आफ्नो भूमिकाबारे प्रकाश पारे ।

यो चलचित्रको कथा विकाशकै हो भने पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन् । फिल्ममा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत दिएका छन् । जसमा अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १८:५१