लन्डनमा भारतीय दुतावास अगाडी गैर आवासीय नेपालीको प्रदर्शन

तस्विर: एभरेष्ट गौतम

लन्डन : गैर आवासीय नेपाली संघको आयोजनामा लन्डनमा भारतीय दूतावास अगाडि गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समेटर बनाइएको नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्नेलगायतका माग राखेर सोमबार लन्डनस्थित भारतीय दुतावास अगाडी नेपाली समुदायले प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षेप बन्द गर लगायत प्लेडकार्ड बोकेर नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन । विरोध प्रदर्शनमा नेपालीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो।

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष बुझाइएको छ ।  विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ।

 


प्रकाशित | १७ मंसिर २०७६, मंगलवार ०७:१७