अदालतको ऐतिहासिक फैसला जनताको जित हो : माधव नेपाल

काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताउनुभएको छ ।

उहाँले संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको उहाँले बताउनुभएको छ ।

उहाँले ट्वीट गर्दै ‘संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु’,भन्नुभएको छ ।

उहाँले नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई धन्यवाद दिनुभएको छ ।


प्रकाशित | ११ फाल्गुन २०७७, मंगलवार २१:१७