प्रदेश ५ मन्त्रिपरिषद् बैठक : हावाहुरी प्रभावीतलाई १ करोड सहयोग गर्ने निर्णय

बुटवलः बारा र पर्साका हावाहुरी प्रभावीतलाई प्रदेश ५ ले १ करोड सहयोग गर्ने भएको छ । प्रदेश ५को मन्त्रिपरिषद्को बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले प्रदेश २ मा आएको विपद्‍लाई मध्यनजरगर्दै एक करोड रुपैयाँ सहयोग गरिएको जानकारी गराउनुभयो । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई जतिसक्दो चाँडो सहयोग रकम बैंकमा जम्मा गर्न आग्रह गरेको प्रवक्ता चौधरीले बताउनुभयो ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १६:२०