एनआरएनए अमेरिकाद्धारा संघको सदस्यता लिई साझा छाताभित्र गोलबन्द हुन पुन: आह्वान

टेक्सस । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सोमवार संचारकर्मीहरुसग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विशेषतस् जारी सदस्यता अभिवृद्दि अभियान संग सम्बन्धित रहेर संघले संचारकर्मीहरु संग अन्तरक्रिया गरेको हो । सो अवसरमा संघले गरेका गतिविधिवारे संचारकर्मीहरुलाई जानकारी गराइएको थियो । अन्तरक्रियाका अवसरमा सहभागि संचारकर्मीहरुले विभिन्न जिज्ञासा राख्नुका साथैं सल्लाह तथा सुझाव समेत दिनुभएको थियो ।

संचारकर्मीहरुसगको अन्तरक्रियामार्फत संघले अमेरिकाभर रहनुभएका आम गैर आवासीय नेपालीलाई संघको सदस्यता लिई साझा छाताभित्र गोलबन्द हुन सबैमा पुनस् आह्वान गरेको छ । सदस्यता लिन सकिने प्रक्रिया सरल रहेको जनाउदैं संघले सदस्यता संग जोडिएर आउन सक्ने विवादका पक्षलाई समेत केलाएर सदस्यताका लागि आवेदन दिनेदेखि सदस्यता प्रमाणिकरण सम्मको पक्षमा संघ गम्भिर रहेको जानकारी संचारकर्मीहरुलाई गराइएको थियो । सदस्यता बन्ने वा नविकरण गर्ने प्रक्रियामा कुनै समस्या रहे एनआरएनए, अमेरिकालाई जुन सुकै माध्यमवाट पनि सम्पर्क गर्नका लागि पनि संघले संचारकर्मी अन्तरक्रिया मार्फत सबैमा अनुरोध समेत गरेको छ ।

सो अवसरमा सदस्यता आवेदनको समयमै पछि आउन सक्ने धेरै समस्याहरुको संबोधन गर्ने खालको प्रविधिको प्रयोग गरेर मात्रै प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको र त्यसपछि पनि चरणवद्ध रुपमा छानविन तथा प्रमाणिकरणको काम हुने भएकाले विना संकोच सदस्य बन्नका लागि आम संचारकर्मीहरुमार्फत संघले अमेरिकाबासी गैर आवासीय नेपालीहरुमा आग्रह गरेको छ ।

अहिले जारी मेम्बर सिप ड्राइभ अन्तर्गत नया सदस्यता लिने, नविकरण गर्ने र आजिवन सदस्यता लिने गैर आवासीय नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको समेत संघले अन्तरक्रियामा जानकारी गराएको थियो । अमेरिकावासी आम गैर आवासीय नेपालीको साझा संस्था एनआरएनए अमेरिका भएकाले सबैको सक्रिय सहभागितामा मात्र संघको लक्ष्य पुरा हुने भएकाले सबैलाई हातेमालो गर्न संघले सदैव सबैमा आग्रह समेत गर्दै आएको छ ।

संघका मिडिया संयोजक सतिश चापागाईले सहजीकरण गर्नुभएको संचारकर्मी अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष सुनील साह, संरक्षक तथा सदस्यता सुपरिवेक्षण समितिका चेयर डा. रुद्र अर्याल, मेम्वरसिप भेरिफिकेशन कमिटिका चेयर डा. राजनराज पन्त, वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, उपाध्यक्ष एवं मेम्वर सिप ड्राइभ कमिटिका चेयर बुद्धी सुवेदी, महासचिव पशुपति पाण्डे, आइटि कमिटिका का चेयर ददी ढुंगाना, पदम भण्डारी लगायतले सहभागि संचारकर्मीहरुले राख्नुभएको जिज्ञासाको उत्तर दिनुका साथैं आफ्ना धारणाहरु राख्नुभएको थियो ।


प्रकाशित | २० माघ २०७७, मंगलवार २०:३६