पुस्कर खुलाल समसामयिक विषयमा गजलमार्फत यसरी पोखिन्छन्…

पुस्कर खुलाल

आज फेरि गगनमा कालो वादल मडारिदैछ
आसाका त्यान्द्राहरु अविश्वासँगै वटारिदैंछ

उन्नति र प्रगतिमा पाइलाहरु मेटाएर
आसा, भरोसा र विश्वास हावासँगै बढारिदैछ

द्वेस बिरोध कुण्ठा बिरोधको खाल्डोभित्र
छिर्के दाउ लगाएर गुच्चालाई झै पटारिंदैछ

सोचेजति मेलो हाँक्न सक्नेलाई थन्क्याएर
काँध खुइलेकोमा बेकामी मेलो धान्न चटारिँदैछ

अब फेरि त्यस्तो दिन अवश्य आउला सायद
ब्यभिचारी, भ्रष्टाचारी, लुच्चा फटाहा झटारिंर्दैछ


प्रकाशित | १४ माघ २०७७, बुधबार ०८:३०