लोकतन्त्र मान्नेले चुनावको विरोध गर्दैनन्ः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताउनु भएको छ । मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।

निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको भन्दै उहाँले देशको विशेष परिस्थितिलाई ख्याल गरिदिन आग्रह गर्नु भयो । निर्वाचनबाट नै लोकतन्त्र मजबुत हुने उहाँको भनाइ छ ।


प्रकाशित | १३ माघ २०७७, मंगलवार १३:२३